‘कार्साङ’ मार्फत चलचित्रमा डेब्यु गर्दे छिरिङ



काठमाडौँ। यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्र ‘कार्साङ’ मा अभिनेत्रीका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन्। छिरिङले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन्।

छिरिङले यस अघि शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छन्। उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन्।

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन्। उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन्।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.