प्रमोद र रिस्ताको ‘अदृश्य’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौंं । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा उठान गरेको छ ।

सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानूनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह–निर्माता हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.