पाइलट समर्पण कार्की भए ‘मिष्टर नेपाल २०२३’



काठमाडौंँ । बिराटनगरका ३२ बर्षिय समर्पण कार्कीले ‘मिष्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि पार्दै शिर्ष विजेता बनेका हुन् । युवाको प्रेरणाको श्रोत बन्ने उदेश्य सहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिष्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे ।
प्रतियोगीतामा शिर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारको अलवा ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिबार अबेर साँझ एक भब्य समारोहकाबीच आयोजना भएको प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फष्टरनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । रनरअप विजेता कपालीले बेष्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे ।

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगीतामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र बेष्ट फिजिक प्रेम कुमार यादव, बेष्ट स्किन मिकाज कार्की, बेष्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत बर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ ।