शिव परियारको एल्बम ‘तिमी र म’ सार्वजनिक



काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द छ ।

एल्बममा ६ गीतहरू समावेश छ । समावेश गीतहरूमा ‘तिमी हौ सबथोक मेरो’, ‘तिमी र म अनि शीतल धुन’, ‘मेरो ज्यान भन्छ्यौ भने’, ‘हाम्रो माया एक नदीको दुई किनार’, ‘जिउन मन छैन अधर तिम्रो नहेरी’ र ‘तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले’ लगायत रहेका छन् ।

एल्बममा रहेको ‘तिमी हौ सबथोक मेरो’ बोलको गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियो हरि हुमागाईंले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.