नारायण र रानीको ‘आकुर माकुर’ मा कमल र विना (भिडियो)



काठमाडौँ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले गायक नारायण बाबुसँग मिलेर नयाँ गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक ‘आकुर माकुर’ बोलको गीतमा नारायण बाबुकै शब्द तथा संगीत छ ।

सार्वजनिक गीतलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कमल सिंह र विना राउत फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तीजको गीत सार्वजनिक गर्ने क्रम बढेको समयमा रानीले पनि दर्शकहरुलाई तीजको अवसरमा नचाउन यो गीत सार्वजनिक गरेकी हुन् । रानीले हरेक बर्ष तीजको अवसरमा नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी छिन् ।