थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक



काठमाडौं । नेपाली थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीको निर्देशन रहेको चलचित्रको टिजर इन्टरटेनमेन्ट नेपाली टिभी नामको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अपीच्य शब्दको अर्थ रहस्य हुन्छ । रहस्यभित्र रुमलिएको कथाबस्तुमा निर्माण गरिएको भएर चलचित्रको नाम अपीच्य राखिएको निर्देशक प्रदीपले बताए ।

सनिश शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लुनिभा खड्गी, लक्ष्मीनाथ मदगैया आदि कलाकारहरूको अभिनय रहेको चलचित्र डेल्टा मल्टिमिडियाको ब्यानरमा निर्माण भएको हो । सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले निर्माण गरेको चलचित्रमा रविन डंगोल र आयुष महर्जनको छायाङ्कन, विनेश श्रेष्ठको कला निर्देशन, सुशील राजोपाध्यायको कथा सम्पादन रहेको छ ।

थ्रिलर तथा हरर मिक्स भएको चलचित्र ‘अपीच्य’का निर्देशक प्रदीप खड्गीले यसअघि ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’, सार्वजनिक हुनबाँकी बहुभाषी चलचित्र ‘हिमआँधी’, नेपालभाषाका थुप्रै चलचित्रमा काम गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.