भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक


काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक गरिएको । चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने छ। चलचित्रको निर्माता आभा शर्मा नेपालको जन्म दिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक संगै चलचित्रको प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभाले बताइन्। चलचित्रमा नारी पात्रलाई बिसेष महत्व दिइएको पनि निर्माता आभाले बताइन्।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन,अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्रि भईसकेको निर्माण टिमले बताएको छ। चलचित्रको वितरण डिसीएनले गर्नेछ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.