बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर वन्दना’ सार्वजनिक



काठमाडौँ। गायिका देविका बन्दनाले केही दिनअघि सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ लाई दर्शक श्रोताले मन पराउन थालेका छन् । गायिका देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा रचना गरेका हुन् । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् । गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रबिण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने यो म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठ जना महिलाहरू सिएनएन हिरो अनुराधा कोईराला, कलाकार बसुन्धरा भुषाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.