चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक,केकी र सलोनको ठुम्का



काठमाडौँ। शोभित बस्नेतको प्रस्तुतीमा बनेको चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रमा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटाको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट चलचित्र प्रदर्शनमा आउनेछ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।