दिपशिखा तथा सृष्टिको ‘समलिङ्गी’ सार्वजनिक



काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एउटा फरक शैलीको गीत ‘समलिङ्गी’ को म्युजिकल फिल्म सार्वजनिक गरिएको छ । म्युजिकल फिल्मको रुपमा सार्वजनिक भएको ‘समलिङ्गी’ फरक कथा तथा विषयवस्तु समावेश गरिएको दावी निर्माण पक्षको छ ।

शिरिशा पौडेलको शब्द, भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गीतको म्युजिकल फिल्ममा अभिनेत्री तथा मोडलद्वय दिपशिखा खड्का तथा सृष्टि खड्कालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अर्जुन खनालले पनि यो म्युजिकल फिल्ममा अभिनय गरेका छन् ।

दिनेश पराजुलीको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको सवा १८ मिनेट लामो म्युजिकल फिल्मलाई अभिनेत्री दिपशिखा खड्काले नै निर्देशन गरेकी हुन् । बसन्त सापकोटाले यसमा क्रिएटिभ डाइरेक्टरका रुपमा काम गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.