करण राई ‘तिम्रै माया लाग्छ’ भन्दै पुर्णिका सिजापतीको अंगालोमा



काठमाडौ । गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । सार्वजनिक गीतमा महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको क्यामेस्ट्री जमेको छ । भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ ।

टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन् । गायक करणको केही हप्ता अगाडि ‘धन्यवाद’ र ‘सिमाना’ बोलको गीतपनि सार्वजनिक भएको थियो ।