‘हामी तीन भाई’ को मुहूर्त मनकामना मन्दिरमा



काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘हामी तीन भाई’ को शुभमुर्हूत गरिएको छ । साउन १० गतेबाट छायांकनमा जाने चलचित्रको गोर्खाको मनकामना मन्दिरमा पुगेर मुर्हूत गरिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहन्वी बस्नेतको मुख्य भूमिका रहने चलचित्रको कथा निर्देशक भट्टराई र पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नामबाट चलचित्र बनाएका थिए ।

प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रमा विनोद, कुशल र जाहन्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रको सह–निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत चलचित्रमा रहनेछ ।