हेयर वेज ब्युटी एकेडेमी इनोग्रेसनमा प्रशान्त र गौरी



काठमाडौं । काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौला र निर्मला खतिवडाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए ।

सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरिन् । अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिईन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.