भानुकाे सम्झनामा बाइसधारामा कविता वाचन



काठमाडौं । २१०औं आदिकवी भानुभक्तको जन्मजयन्तीकाे अवसरमा शुक्रबार बालाजु बाईसधारामा कविता वाचन गरिएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगरपालिका उद्यान तथा हरियाली प्रबर्धन आयोजना अन्तर्गत बालाजु वाइसधारा उद्यानमा आयोजना गरिएको कार्यक्रममा कवि, कलाकार, साहित्यकार र सर्वसाधारणको उल्लेखिय उपस्थिति रहेको थियो ।

कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पुर्वराज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथिहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली, कामनपाका १६ का वडअध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुँयाल, विशिष्ठ कलाकार उत्तम केसीलगायत रहेका थिए ।

भानुभक्तको सालिकमा अविर तथा फूलमाला अर्पण गरेर सुरुवात गरिएको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा श्रीहरि फ्याल, वैरागी जेठा र रसुवाली कवि ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने, दिलकुमारी डंगोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाई प्रकाश घायल, दामोदर लामा, माधव विडारी, (चेतनाथ) घनश्याम, पुडासैनी, ओमनमो शिवाय रामशरण कोइरालालगयतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा १६ नं. वडाका अक्ष्यक्ष मुकुन्द रिजालले भानु जयन्तीको चर्चा गर्दै आगामी बर्षका लागि बजेटको व्यवस्था गरिदिने आस्वासन दिए । यस्तै, ७ नं. क्षेत्र काठमाडौंका सांसद सभासद गणेश पराजुली र प्रमुख अतिथि रामविर मानन्धरले सदाझै यस बर्ष पनि बाइसधारा भानुजयन्ती मनाउन पाउँदा खुशी लागेको बताए । उक्त कार्यक्रमको सहजीकरण यज्ञराज घिमिरे (गोपाल)ले गरेका थिए ।