आगामी शुक्रबार दयाहाङ र प्रकृतिको ‘बिहेपास’ पुनः रिलिज हुने



काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । दर्शकको चाहना अनुसार चलचित्र फेरि रिलिज गर्न लागिएको निर्माता रोहित कट्टेलले बताए ।

विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने संघर्षको कथामा चलचित्र निर्माण भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा पहिलो पटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् ।

प्रवेश पौडेल निर्देशित चलचित्रमा चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको चलचित्र को कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् ।