‘हात्तीछाप’को छायाँकन सुरु



काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो ।

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो चलचित्रलाई एक महिना खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो चलचित्रको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।

चलचित्र ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.