जेनिश लामाको गीत ‘यादहरु’ मा मलाइका र आरुषजंग (भिडियो)



काठमाडौँ। गायक जेनिश लामाको शब्द संगीत र आवाजमा रहेको गीत ‘यादहरु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘यादहरु’ बोलको संगीत संयोजन स्व: आकाश गोर्खालीले गरेका छन् भने भिडियो निर्देशन सम्पादन कमल एक्चै मगरले गरेका हुन्। कमलको निर्देशनमा बनेको चलचित्र शिरफूल र डेसान हो। डेसान गत मंसिरमा रिलिज भएको थियो। नयाँ चलचित्रको तयारीमा जुटेका कमलले छिट्टै औपचारिक घोषणा गर्ने बताए।

म्युजिक भिडियोमा मलाइका बस्नेत र आरुषजंग सारु मगरले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन मृगेन्द्र राजभण्डारीले गरेका हुन्। मोफसलमा बसेर गीत संगीतमा लागिरहेका जेनिश लामा लिजार्ड ब्याण्डमा आवद्ध छन । लामो समयपछि लिजार्ड ब्याण्डले नयाँ गीत सार्वजनिक गरेको हो यसभन्दा पहिले “यो कस्तो यात्रा रहेछ” गीतले निकै चर्चा बटुल्न सफल भएको थियो । भिडियो पर्फोर्मिंग आर्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।