टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक



काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक गरिएको छ। नारी सेन्टिमेन्टल़ाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ। नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए।

टेली चलचित्र ‘केशरी’ का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन्। टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना,विनय राज पौडल,प्रदीप सिंह थापा,करुणा श्रेष्ठ,चण्डिका बस्नेत,रेशम फिरिरी,सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल,बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.