डिसिने अवार्ड १३ औं र १४ औं संस्करण सम्पन्न



काठमाडौँ। डिसिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले जनाएका छन् चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो । डिसिने अवार्ड २०७७ अन्र्तगत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बोहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र गुड फ्रेण्ड अजय स्याङताङन, र सह अभिनेताको अवार्ड हिरो रिटर्न्सबाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् । समारोहमा कोभिड १९ को विषम परिस्थितिमा पनि चलचित्र प्रदर्शन गरेर चलचित्र क्षेत्रलाई चलायमान गराएको भन्दै उक्त वर्ष प्रदर्शनमा आएका ७ वटै चलचित्रलाई कदरपत्र समेत प्रदान गरिएको छ ।

यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्र्तगत १३ बिद्यामा अवार्ड प्रदान गरिएको छ । यसवर्षको अवार्डमा चलचित्र म यस्तो गीत गाउँछुले उत्कृष्ट चलचित्र सहित छ बिधामा अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पुजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।
यस्तै चलचित्र चिसो एष्ट्रेबाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र हेल्लो जीन्दगीबाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र आकाशे खेतीबाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र लप्पन छप्पन २ बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाँकार, चलचित्र हेल्लो जीन्दगीबाट राजराज शिवाकोटीले उत्कृष्ट गायक र चलचित्र हेल्लोबाटै निर्देशक सुर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।

बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका थिए । निर्णय प्रक्रियालाई थप चुस्त बनाउन यसपटक देखि चलचित्र छनौट निर्णायक समिति समेत गठन गरिएको अवार्डमा निर्देशक माधबराज खरेलले प्रष्ट पारेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.