प्रेम कथानक वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक



काठमाडौँ । कविता न्यौपाने र अमर प्रताप अभिनीत वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो। शंकर कोइराला निर्देशित सिरिजको पहिलो शृंखलामा प्रेम र कल्पनाका दृश्यहरू समेटेको छ। सिरिजमा एक युवतीलाई दुई युवकले मन पराए पनि प्रेम व्यक्त गर्न नसकेको कथा देखाइएको छ। सिरिजको कथा निर्देशक कोइरालाले नै लेखेका हुन्।

डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिरिजमा कविता न्यौपाने र अमर प्रताप श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन्। सिरिजमा कविता र अमरसँगै रोविन सुवेदी, अनामिका लामिछाने, रश्मी भट्ट, समिना महर्जुन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री, परिचित गिरी, अनुजा जिसी, डिआन्स केसीलगायत कलाकारको अभिनय छ।

दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङले मिलेर छायांकन गरेको सिरिजलाई एसआरके (शंकरराज कोइराला) ले सम्पादन गरेका हुन्। दिलीप केसीले निर्माण गरेको सिरिजमा एसआरके र दिलीप केसीको संवाद र टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.