लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक



काठमाडौँ। कपिल कार्कीको निर्देशनमा बनेको लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक कथा बस्तुमा निर्माण गरिएको झन्डै १ घण्टा लामो लघु चलचित्रलाई रामकाजी घिमिरेले लेखेका हुन्। बाल कुमार मगरको छायाँकन सम्पादन रहेको लघु चलचित्रका निर्माता श्याम कार्की हुन्।

चलचित्रमा उत्तम केसी,रामकाजी घिमिरे,राजकुमार थापा,श्रोता आचार्य,रचना पौडेल,अन्जु हमाल,घनश्याम तिमल्सिनाको अभिनय रहेको छ। विभिन्न स्थानमा च्यारिटी शो गर्ने तयारी रहेको निर्देशक कार्कीले बताए। लघु चलचित्र ‘चरित्र’ले दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) मा उत्कृष्ट शर्ट फिल्म र उत्कृस्ट अभिनेत्रीको अवार्ड जितेको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.