कविताको लागि ‘मै नाचीदिन्छु’ भन्दै नाचे पुष्प



काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक गरिएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ ।

गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.