रानी र प्रतापको ‘मेरो संसार’मा सुदित र निलम(भिडियो)



काठमाडौँ। गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा विना भट्टराइको शब्द तथा मिन गुरुङको संगीत छ ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुबै मोडल टेलिभिजनमा काम गर्दै मोडलिङमा उदाएका हुन् । सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ । प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.