‘मिष्टर नेपाल २०२३’ मा २० प्रतियोगी भिड्ने



काठमाडौंँ । ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् । छानिएका प्रतियोगीतमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत बिभिन्न प्रतिष्ठित पेशासँग आवद्ध रहेका छन् ।

प्रतियोगीतमा छानिएका २० प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् । छनौट भएका सबै प्रतियोगी फाइनलस्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रशिक्षणमा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छ । ‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सहभागीता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगीता हो । यसको छनौट चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.