धुर्मुस सुन्तलीको ‘मत मर्छु कि क्याहो’ युट्युवमा रिलिज



काठमाडौँ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युवमा आज (सोमबार) सार्वजनिक गरिएको हो ।

फिल्ममा उनीहरु धुर्मुस् र सुन्तलीकै भूमिकामा देखिएका छन् । फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।

यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । धुर्मुसले भनेका छन्, ‘यसलाई हामीले वेव फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।