बद्री र अलिसाको दमदार नृत्य सहितको भिडियो ‘माया मागेको’



काठमाडौँ । डान्सर बद्री बिष्ट र अलिसा श्रेष्ठको दमदार नृत्य रहेको ‘माया मागेको’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक भिडियोमा निकै प्रतिक्रिया आइरहेका छन् । बिशेषगरी बद्री र अलिसाको कामको तारिफ भिडियोमा आएका प्रतिक्रियामा देख्न सकिन्छ । भिडियोमा उनीहरुको केमेष्टि गज्जबको छ ।

गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर रहेको छ । गीतमा शब्द र संगीत गायक नविनकै रहेको छ भने र्याप सिर्जना खत्रीको सुन्न सकिन्छ । भिडियोको कन्सेप्ट, कोरियोग्राफि र निर्देशन डान्सर बद्रीकै रहेको छ । भिडियोमा बद्री र अलिसासँगै सुनिल क्षेत्री र सिर्जना खत्रीलाई पनि देख्न सकिन्छ । भिडियो खिच्ने र सम्पादन गर्ने काम पवन सुस्लिङले गरेका छन् ।

बद्रीले भिडियोलाई दर्शकले मन पराउनेमा विश्वास राखेका छन् । उनले आफ्ना यसअघिका भिडियो जस्तै दर्शकले माया गर्ने विश्वास राखेको भन्दै यसपटकको भिडियोमा केहि फरक गर्ने कोसिस गरेको पनि बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.