साउन ५ मा आउने भयो ‘ए ढाक्रे दाई’



काठमाडौँ। करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा चलचित्र निर्माण गरेको बताए ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

चलचित्रमा धुर्व कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको चलचित्रमा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह–निर्माता रहेको चलचित्रको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.