चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको चलचित्र आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रमाअर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको टिजर ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।