सिनेमा हलबाट नगर प्रहरी फिर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज शुक्रवार बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार नेपाली जनताले बहिष्कार गरेपछि नगर प्रहरी बसेर बन्द गराउन नपरेको हो । हिन्दी फिल्म ‘आदिपुरुष’ हेर्न दर्शक आफैं हल सम्म नजाने अवस्था भएकोले महानगरले प्रहरी परिचालन गरेर रोक्नु नपरेको हो।

मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यस लगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.