‘अन्तिम संस्कार’ टिमले गर्यो काठमाडौँका करिव १ दर्जन कलेज पुगेर बिद्यार्थीसंग अन्तरक्रिया



काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिंदै काठमाडौँका करिव १ दर्जन कलेजमा पुगेर कलेजका बिद्यार्थीहरु संग अन्तरक्रिया गरेको छ। क्याम्पियन कलेज,ग्लोबल इन्टरनेसनल कलेज,कान्तिपुर इन्टरनेसनल कलेज,राजधानी मोडल कलेज,क्वेस्ट इन्टरनेसनल कलेज,काठमाडौँ डन बसको कलेज,जेभियर एकेडेमी,नेपाल एयर होस्टेज एकेडेमी,नर्थेन लाइट एकेडेमी,अथर्व बिजनेस कलेजमा चलचित्रका मुख्य कलाकार विजय लामाको साथमा दिया पुन,रेश्मा घिमिरे,त्रिचु राइ,एवन राज उप्रेती र निर्देशक प्रदीप शाही पुगेका थिए।

चलचित्रका मुख्य आकर्षक व्यक्तित्व पाइलट तथा अभिनेता विजय लामाले कलेजका बिद्यार्थीहरुलाई विभिन्न मोटिभेसनल स्पीच पनि दिए। चलचित्रको कथा अनुसार अभिनेता विजय लामाले चलचित्रमा न्युड सिन समेत दिएका छन्। चलचित्रको सार्वजनिक ट्रेलरले दर्शक माझ कौतुहलता जगाएको छ। कलेजका बिद्यार्थीहरुले चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर हेरेर उत्कृस्ट प्रतिक्रिया दिएका छन्।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइ सकेको छ । चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । रिलिज दिन नजिकिदैं गर्दा चलचित्रको सेन्सर हुने क्रममा नै रहेको निर्माण टिमले जानकारी दिएको छ। सेन्सरमा अलिक लामो समय लागेको निर्देशक शाहीले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.