संगीतकार अर्जुन र गायिका दुर्गालाई पुत्री लाभ



काठमाडौँ। संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेल बुवा आमा बनेका छन् । सोमबार टोखाको ग्रान्डी अस्पतालमा पुत्री लाभ भएको अर्जुन पोखरेलले जानकारी दिए । संगीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा आफूलाई पुत्री लाभ भएको खबर फोटो सहित यसरी लेखेका छन् ।

“आज इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु, हाम्री प्यारी छोरी (अदिरा) लाई यो सन्सारमा स्वागत गर्दछौँ साथै डा.चेतना श्रेष्ठ , डा. भोला रिजाल , डा. पदमराज पन्त , डा. कमल थापा डा.निलम सुबेदि नर्स उषा सिस, नर्स समिला जि, सविताजि लगाएत सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दछौँ” भन्दै छोरीको फोटो सहित सार्बजनिक गरेका छन् ।