सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक



काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतको एल्बम निकाल्ने प्रचलन निकै नै कम भएको छ। बेला बेला गीति संग्रह निकाल्ने श्रस्टाहरु पनी छन्। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम सार्वजनिक गरेका छन्। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो। सार्वजनिक एल्बममा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ। सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छ। ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ।

‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ। ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। कता गयो त्यो बैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन रहेको छ। ‘तिमि संगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।

कार्यक्रममा एल्बममा समाबेश दुइ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.