‘सिसाले उठाउने बिषयबस्तु र निर्माण शैली बेग्लै रहेको छ’ निर्देशक ओम प्रतिक



काठमाडौँ। सामाजिक कथामा निर्माण गरिएको धारावाहिक टेलिश्रृंखला ‘सिसा’ टिमले शनिवार राजधानी काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरेको छ। ओम प्रतिकको निर्देशनमा बनेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८:४५ नियमित प्रसारण हुने गरेको छ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ ले उठाउने बिषयबस्तु र निर्माण शैली बेग्लै रहेको निर्देशक ओम प्रतिकले बताए। ‘सिसा’ लाई वेब सिरिजको टाइपमा बनाउने प्रयास गरेको र ‘सिसा’को निर्माण फर्म्याट अलिक फरक गरेको निर्देशक ओम प्रतिकले बताए। टेलिभिजनमा ४ भाग को प्रशारण भइ सकेको र ५२ भाग सम्म निर्माण गरिने पनि उनले बताए।

पत्रकार भेटघाट कार्यक्रममा ‘सिसा’ का कार्यकारी निर्माता शैलेन्द्र चम्लागाई,नेपाल नेटवर्क टेलिभजनका प्रबन्ध निर्देशक श्याम धिताल,शृंखला निर्देशक कुमार महर्जन सहित टेली चलचित्रका टिम उपस्थित थिए। ओम संगै ‘सिसा’ का कलाकार नबिन श्रेष्ठ, अमिषा बस्नेत, अनुपमा भण्डारी, रवि कार्कीं, निक्स शर्मा, शुसिल देवकोटाले आ आफ्नो भूमिकाको बारेमा प्रस्ट पारेका थिए।

समाजका हरेक घटनाहरु सिसा जस्तै पारदर्शी किन हुँदैनन् ? भन्ने मुख्य प्रश्न यो श्रृंखलामा उठाइएको छ । डिएआर मुभिज एण्ड फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण गरिएको टेलिश्रृंखला सिसामा पटकथा तथा संवाद निर्देशक र शुसिल देवकोटाको रहेको छ भने सुरेश बज्राचार्यले यसको छायाँकन गरेका छन् ।

नबिन भट्टको सम्पादन रहेको श्रृंखलामा ब्याकराउण्ड स्कोर सम्राट थापा र कुमार महर्जनको थ्रील रहेको छ । श्रृंखलामा निर्देशकका साथमा नबिन श्रेष्ठ, अमिषा बस्नेत, अनुपमा भण्डारी, धर्मेन्द्र आचार्य, रवि कार्कीं, निक्स शर्मा, विकास चापागाईं, जगदिश अधिकारी र शुसिल देवकोटा तथा बालकलाकारमा जीविका गौतम र जीवन गौतमले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.