सागरको निर्देशनमा राजनको ‘केशै लर्क्यो डोरीले’ (भिडियो)



काठमाडौँ। गायक राजन न्यौपानेको लय,स्वर र शब्दमा रहेको टिपिकल नेपाली गीत’केशै लर्क्यो डोरीले’भिडियो सहित सार्वजनिक गरिएको छ। पुरानो मौलिक गीतको झल्को दिने गीतमा मानव सुवेदीको संगीत रहेको छ। भिडियोमा पनी अलिक बर्ष पहिलेको माहोल देखाउन खोजिएको छ। निर्देशक सागर ज्ञवालीले भिडियो निर्माणमा निकै मेहनत गरेको देखिन्छ। नारायण जिसीले छायाँकन गरेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा राजन न्यौपाने,अल्का सुवेदी,दिवाकर भट्टराई,जीवन जंग थापा,नारायण बिक,कमल देवकोटा र राजेन्द्र पाण्डेको अभिनय रहेको छ। भिडियो केन्द्रमोसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।