प्रेमा र हेमन्तले ल्याए पन्चेबाजाको नयाँ गीत ‘मयालाई’



काठमाडौँ । गायिका प्रेमा पुर्जा र गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको पन्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक गरिएको छ । म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र संगीतकार समेत रहेकी गायिका प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ ।

भिडियोमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ। लगनको महिनालाई लक्षित गरेर म्याग्दी र बाग्लुङ्गमा प्रचलित भाका मयालाई बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायिका प्रेमा बताउँछिन् । सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ।

छमछम नचाउने शैलिको भिडियोमा शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन्। निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन्। राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन्। भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.