मुकुन र स्वस्तिमाको चलचित्र ‘ऐँचो पैँचो’जनै पूर्णिमामा



काठमाडौँ। निर्मात्री कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण कम्पनी र आरआर फिल्मबीच वितरण सम्झौता गर्दै आगामी भाद्र १४ गते जनै पूर्णिमाको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

केपी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला, शारदा गिरीको पनि अभिनय छ । कृषाले यही सिनेमाबाट निर्देशनमा डेब्यू गरेकी हुन् । यसअघि उनले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ लगायतका चलचित्रको निर्माण गरिसकेकी छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा र संवाद अभिमन्यू निरवीले लेखेका हुन् । निर्देशक चौलागाई आफु र आफ्नो टिमले निकै मेहनत गरेर सिनेमा बनाएकाले ‘ऐँचो पैँचो’ राम्रो बनेको बताउँछिन् । चलचित्रलाई काठमाडौं र मोफसल दुवै तिर आरआर फिल्मस्ले नै वितरण गर्नेछ ।