चलचित्र ‘नम्बरी सुन’ को टिजर रिलिज



काठमाडौँ। आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को टिजर रिलिज गरिएको छ । २ मिनेट लामो टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ । सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ ।

चलचित्रको सार्वजनिक टिजरमा अभिनेता राजाराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ । नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.