मेयर बालेनले गरे काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा


रघुनाथ सापकोटा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’

मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ । सेन्सर बोर्डले उक्त संवाद काटेर रिलिज अनुमति दिइ सकेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.