चलचित्रको छायांकन सेटमा आगलागी



काठमाडौँ। आगामी भदौंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको हो । बालाजुस्थित चलचित्र विकास संस्थानमा बिहीवार गीतको छायांकन भइरहेको समयमा आगलागी भएको हो ।

कविराज गहतराजको कोरियोग्राफीमा अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको समयमा आगलागी भएको जनाइएको छ । निर्माण पक्षका अनुसार आगलागीमा मानवीय क्षति नभएको र कपडैकपडाको सेट भने जलेर नष्ट भएको छ । सविन अधिकारी निर्देशित यो चलचित्रमा मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.