प्रदिप उदय ले दिय राजिनामा



सेलेब्रिटी नेपाल कार्तिक १४- आफ्नो ब्यस्तताले समय दिन नसकेको कारण देखाउदै चलचित्र संघ का क्रियाशिल रुपमा लागेका महासचिव प्रदिप उदयले पदबाट राजिनामा दिएका छन् । उनले कात्तिक १९ गतेबाट लागू हुने गरि मंगलबार राजिनामा पत्र वुझाएका हुन् । चलचित्र संघले अन्य संस्थासँग गर्ने वार्ता तथा विभिन्न आन्दोलनका मोर्चामा उदय अग्रसर हुने गर्दथे । डेढ बर्ष अघि चलचित्र संघको महासचिव पदमा विजयी भएका उदय वुटवलमा रहेको कालिका हलका संचालक समेत हुन् । महासचिव पद सम्हाल्नु अघि उनले उपाध्यक्ष पदमा रही जिम्मेवारी वहन गरिसकेका छन् । उनले संघसँग कुनै असन्तुष्टी भएर राजिनामा नदिएको बताए ।