‘अन्तिम संस्कार’ टिमले गर्यो इना पर्फ्युमको चौंथो शाखाको उद्घाटन



काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को गत साता ट्रेलर सार्वजनिक गरिए संगै निर्माण टिम प्रचार प्रसारमा जुटेको छ। प्रचार प्रसारमा निर्देशक संगै चलचित्र मुख्य कलाकारहरुले विभिन्न इभेन्टहरु गर्ने तथा अन्य प्रोमोसनका गतिबिधिहरुमा सहभागी भई रहेका छन्। काठमाडौँको बबरमहलमा संचालित इना पर्फ्युमको को चौंथो शाखाको उद्घाटन कलाकार विजय लामा संगै ‘अन्तिम संस्कार’ का निर्देशक शाही कलाकार दीया पुन र त्रिचु राईले संयुक्त रुपमा गरेका छन्।

असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ अन्तिम संस्कार’साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.