संगीतकर्मी संघ संस्था र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्झौता



काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यहरुलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए ।

‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीत को सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं’, उनले भने,‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।’

उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रहरुमा सम्झौता गर्दै जाने उल्लेख गरे । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.