नम्रता र गौरवको ‘नम्बरी सुन’ को पहिलो शो हेटौंडामा सम्पन्न



काठमाडौँ। आगामी भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘नम्बरी सुन’ले शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा प्रिमियर गरेको छ । हेटौंडाका नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो ।

निर्माता खातीले आफ्नो जन्मथलोमा आफ्नै फिल्मको प्रिमियर गर्न पाउँदा खुशी व्यक्त गरे । फिल्म हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुन र सुन बनाउने पुरानो चलनलाई फिल्ममार्फत देखाइएको छ । निर्देशक राजु गिरीले सुनसँग जोडिएर बनाइएको फिल्मले सुन बनाउने सुनारेलाई गाउँका काजीहरुले हेर्ने दृष्टिकोण फिल्ममार्फत देखाइएको दाबी गरे । प्रिमियरमा निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहारी किरण नेपाली लगायतको उपस्थिति थियो ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फिल्ममा गौरव पहारी, किरण नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको फिल्मका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन् । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
फिल्ममा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.