टेली चलचित्र ‘शिला’बन्ने



काठमाडौँ। टेली चलचित्र ‘शिला’ बन्ने भएको। पारिवारिक कथामा बन्ने टेली चलचित्र ‘शिला’ ५२ भागको निर्माण गर्ने लक्ष्य सहित सहित शुक्रवार शुभमुहर्त सम्पन्न गरिएको छ। काठमाडौँको भद्रकाली मन्दिरमा पुजा गर्दै टेली चलचित्रको मुहर्त सम्पन्न गरिएको छ। टेली चलचित्रको छायाँकन आइतवारबाट सुरु हुने निर्देशक दुर्गा खवास ‘हैराने’ ले बताए। सबिता कार्कीको लगानीमा बन्ने टेली चलचित्र ‘शिला’मा कार्की नै मुख्य भुमिकामा देखिने छिन्। दुर्गा खवास ‘हैराने’ को लेखन तथा निर्देशनमा बन्ने टेली चलचित्रमा सबिता कार्कीको साथमा छिरिङ्ग लामा,पवि अर्याल,कृष्ण खड्का,कमल सुशान्त केसी,रमेश ढकाल,कृष्ण कुमारी खड्का,देव आचार्य,अर्जुन कार्की,बिश्व मुखिया,दिप श्रेष्ठ,अनिता बराम र श्रेया नेपालको अभिनय रहनेछ। देवराज आचार्यको छायाँकन रहने टेली चलचित्रको छायाँकन काठमाडौँमा नै हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.