नरेश र समिक्षाको ‘मन परेरै हो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मन परेरै हो’ बोलको गीतमा शब्द तथा संगीत नरेश खातीकै रहेको छ। रोमान्टिक गीतमा कृष्ण बिकको संगीत संयोजन रहेको छ।

नरेश खातीकै निर्देशनमा बनेको भिडियोमा करण चैंसिरको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोमा नरेश खाती,समिक्षा अधिकारी,कमल ढुंगाना,रुपेश आले मगर,कृष्ण कंडेल फिचर्ड छन्। भिडियो मेक्सम नरेश अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।