निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा



काठमाडौँ। निर्देशक बसन्त निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको छायांकन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।

चलचित्रको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ । चलचित्रको कथा सविन अधिकारीले लेखेका हुन् । चलचित्रमा शंकर धितालको पटकथा तथा संवाद छ ।

निर्देशक निरौलाका अनुसार, चलचित्रका लागि कलाकारहरुको छनोट जारी छ । निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका चलचित्र भन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत बताए । निरौलाको निर्देशनमा यसअघि ‘बिजयपथ, आवेग, मेला, राजनीति’ लगायतका चलचित्र निर्माण भैसकेका छन् ।