अभिनेता खड्का नगद एकलाख पचास हजार नगद सहित सम्मानित



काठमाडौँ। ग्रेटर नेपाल महाअभियानले शान्तिवाटिकामा भ्रष्टाचार बिरुद्द एक सभाको आयोजना गर्‍यो। उक्त सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त नायक नवल खड्कालाई रू१ लाख ५० हजार नगद सहित सम्मान, प्रोत्साहन समेत गरेको छ। सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले भ्रष्टाचारीलाई समाजमा नाङ्गेझार गर्दै देश र देशनिर्माणमा कटिबद्ध भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नु पर्ने बताए।

यसैकारण हामीले चलचित्र ‘दशगजा’ आवाज, क्रान्ति, भिमदत्त, काँडेतार जस्ता फिल्मका नायक, निर्माता, निर्देशक, देशभक्ति भावना संचार गर्ने नवल खड्कालाई सम्मान गरेको कुरा बताए। सभामा नवल खड्काले सम्मानित हुनु पाउँदा खुसि ब्यक्त गर्दै अझै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको भन्दै सिमानामा काँडेतार बार लगाउनु पर्छ भनेर खुल्ला प्रस्ताब गरेका छौं, संसदमा वहस होस्, हरेक देशबिदेशमा बहस होस् हाम्रो माग अनि चाहाना भएको बताए।

उनले सिमानामा काँडेतार लगाउन आवश्यक भएको कुरालाई बुझाउन हाल चलिरहेको नक्कली भुटानी शरणार्थी काण्ड खुला सिमानाका कारण भएको उदाहरण दिएका थिए र जसले आफ्नो देशको नागरिक बेच्छ,त्यसले देश पनि बेच्छन् ,त्यसैले देशभक्तहरू एक भएर अघि वढनु पर्ने आजको आवश्यकता हाे खड्काले भने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.