मदनमणि र खगेन्द्र लाई पदमश्री साधना साहित्य सम्मान


सेलेब्रिटी नेपाल कार्तिक १४- यस वर्षको पद्मश्री साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारद्वय मदनमणि दीक्षित र खगेन्द्र सङ्ग्रौलालाई सोमबारसम्मान गरिएको छ । दीक्षितलाई लामो समयदेखि साहित्यका क्षेत्रमा योगदान पु-याएवापत रु एक लाख राशिको ‘पदमश्री साधना साहित्य सम्मान’ सङ्ग्रौलालाई ‘आफ्नै आँखाको लय’पुस्तकका लागि रु दुई लाखको ‘पदमश्री सिर्जना सम्मान’ प्रदान गरियो। दीक्षितलाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र सङ्ग्रौलालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष जीवा लामिछानेले सम्मान गरे । यी सम्मानहरू खेमकला–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको छ । अध्यक्ष लामिछाने सो प्रतिष्ठानको संरक्षक पनि हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.