सेलेब्रिटी नेपाल कार्तिक १४- यस वर्षको पद्मश्री साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारद्वय मदनमणि दीक्षित र खगेन्द्र सङ्ग्रौलालाई सोमबारसम्मान गरिएको छ । दीक्षितलाई लामो समयदेखि साहित्यका क्षेत्रमा योगदान पु-याएवापत रु एक लाख राशिको ‘पदमश्री साधना साहित्य सम्मान’ सङ्ग्रौलालाई ‘आफ्नै आँखाको लय’पुस्तकका लागि रु दुई लाखको ‘पदमश्री सिर्जना सम्मान’ प्रदान गरियो। दीक्षितलाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र सङ्ग्रौलालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष जीवा लामिछानेले सम्मान गरे । यी सम्मानहरू खेमकला–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको छ । अध्यक्ष लामिछाने सो प्रतिष्ठानको संरक्षक पनि हुन् ।
सम्बधित पोस्टहरु
‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।...
‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने अप्रत्याशित विपत्ति र त्यससँगको संघर्षलाई भावनात्मक ढंगले...
छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )
काठमाडौं । सामाजिक यथार्थमा आधारित नेपाली फिल्म‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरले...
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।



