शान्ताको ‘के दोष’ मा रमेश र मन्जिता (भिडियो)



काठमाडौँ। गायिका निशा देशारको स्वर,शान्ता अधिकारी घिमिरेको शब्द,लाल श्रेष्ठको संगीतमा नयाँ गीत ‘के दोष’ भिडियो सहित सार्वजनिक गरिएको छ। रमेश कोइरालाले निर्देशन गरेको भिडियोमा रमेश बुढाथोकी, मन्जिता केसी, रानु निरौला र रोजी बर्देवाको अभिनय रहेको छ। जयन्द्र कुँवरले छायाँकन गरेको भिडियोको सम्पादन अच्युत बजगाईंले गरेका हुन्।