क्याप्टिभेटिङ क्रिएसन अवार्ड्सको छैठौं संस्करण काठमाडौंमा हुने



काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंमा आयोजना हुने भएको छ । बिहिबार योजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l

आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको जानकारी गराउँदै भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन् l समारोहमा नेपाल तथा भारतका चलचित्र,संगीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ | पत्रकार सम्मेलनमा आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । ‘

कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने । नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित झण्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहने कुरा जानकारी गराईएको छ l अवार्ड समारोहमा नेपालको तर्फबाट सृजना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग के.सी.ले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.